‘लामा नङ पालेर विश्वमै देशको नाम उच्च पार्ने धोको छ’
लामा नङ पालेर विश्वमै देशको नाम उच्च पार्न चाहन्छन् दिनेशसिंह यादव । जसका लागि जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका यादवले विगत १० वर्षदेखि नङ पाल्न थालेका हुन् ।
जनकपुरधाम, माघ १५ : लामा नङ पालेर विश्वमै देशको नाम उच्च पार्न चाहन्छन् दिनेशसिंह यादव । जसका लागि जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका यादवले विगत १० वर्षदेखि नङ पाल्न थालेका हुन् । उनको औँलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ ।
विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङबारे प्रचारप्रसार गर्दा केही यूएसए र जापानवासीले उनलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।
यादव भन्छन्, ‘लामा नङ पालेर विश्वमै देशको नाम उच्च पार्ने धोको छ । देश र मधेसको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु ।’
स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवद्र्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण गरेका छन् ।
प्रकाशित मिति: १५:०४ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












