सुनको भाउ लगातार घट्दै
काठमाडौं, जेठ ८ : सुनको भाउ पछिल्ला दिनमा लगातार घटिरहेको छ। जसका कारण बुधवार प्रतितोला ५९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
एकसाता अ....
काठमाडौं, जेठ ८ : सुनको भाउ पछिल्ला दिनमा लगातार घटिरहेको छ। जसका कारण बुधवार प्रतितोला ५९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
एकसाता अगाडी ६० हजार ६ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य बुधवार ५९ हजार चार सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, मंगलबार ५९ हजार पाँच सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।
एकै दिन प्रतितोलामा एक सय रुपैयाँ घटेको हो। अमेरिका र चीनको पछिल्लो समय जारी व्यापारिक द्वन्द्वका कारण विश्वबजारमा लगातार सुनको मूल्यका गिरावट आइरहेको छ।
त्यस्तैगरी चाँदीको मूल्यमा पनि लगातार गिरावट आएको छ। एक साता आगाडी चाँदीको मूल्य प्रतितोला सात सय २५ रुपैयाँ रहेकोमा घटेर सात सय पाँच रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

-1754206481.jpg)