नम्बर प्लेट परिवर्तन गरेर चोरीको मोटरसाइकल चलाउने एक जना पक्राउ
पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट नम्बर प्लेट परिवर्तन गरी प्रदेश३–०२–००८प७८७२ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित १ जनालाई पक्राउ गरेको हो ।काठमाडौं, माघ १५ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा हुने मोटरसाइकल चोरी नियन्त्रणउपर चलाएको विशेष अप्रेसनबाट आज चोरीका मोटरसाइकलसहित १ जना पक्राउ गरेको छ । पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट नम्बर प्लेट परिवर्तन गरी प्रदेश३–०२–००८प७८७२ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला नुवाकोट सूर्यगढी गाउँपालिका–४ घर भई हाल तारकेश्वपर नगरपालिका– ८ जरंखु बस्ने ३३ वर्षीय विष्णु तामाङ रहेका छन् । अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश३–०२–०१२प६८३६ खुल्न आएको छ । काठमाडौं टोखा नगरपालिका–८ बस्ने राजेन्द्र पाण्डेले मोटरसाइकल हराएको भनी यस महाशाखामा निवेदन दिएका थिए ।
प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, माघ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१