Kathmandu Press

विप्लवका भेरी ब्यूरो सदस्य पक्राउ

जाजरकोट, जेठ ८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य पक्राउ परेका छन्।

नेपाल प्रहरीको गस्ती टोलीले विप....

विप्लवका भेरी ब्यूरो सदस्य पक्राउ

जाजरकोट, जेठ ८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य पक्राउ परेका छन्।

नेपाल प्रहरीको गस्ती टोलीले विप्लवका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशीलाई हिजो राति पक्राउ गरेको हो। उनलाई कुशे गाउँपालिका–२ घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्लाको शान्ति सुरक्षामा दक्खल पुर्‍याएकाले पक्राउ गरिएको जाजरकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले बताए।

यसभन्दा अगाडि विप्लवका तीन कार्यकर्ता जाजरकोटमा पक्राउ परेका थिए।

प्रकाशित मिति: ११:१४ बजे, बुधबार, जेठ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्