दक्षिणकालीमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौँको दक्षिणकालीमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।काठमाडौँको दक्षिणकालीमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा३ख ६१९९ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मंगलबार राति मृत्यु भएको हो ।
उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै उनीहरुलाई उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ लगिएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १९:२० बजे, बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१