Kathmandu Press

मेटलाइफको ओपीसी सेवा पुल्चोकबाट, कार्यकारी उपाध्यक्ष रेबेका तादिकोन्दा नेपालमा

काठमाडौं, जेठ ७ : मेटलाइफकी कार्यकारी उपाध्यक्ष प्रमुख रेबेका तादिकोन्दा नेपाल आएकी छन्। 

मेटलाइफ वित्तीय सेवा पुर्‍याउने विश्वकै प....

मेटलाइफको ओपीसी सेवा पुल्चोकबाट, कार्यकारी उपाध्यक्ष रेबेका तादिकोन्दा नेपालमा

काठमाडौं, जेठ ७ : मेटलाइफकी कार्यकारी उपाध्यक्ष प्रमुख रेबेका तादिकोन्दा नेपाल आएकी छन्। 

मेटलाइफ वित्तीय सेवा पुर्‍याउने विश्वकै प्रमुख कम्पनीहरूमध्ये एक हो। तादिकोन्दा मेटलाइफको स्ट्राटेजिक ग्रोथ मार्केट, एसियाकी प्रमुख पनि हुन्। 

तादिकोन्दासँगै मेटलाइफका बंगलादेश तथा म्यानमार अध्यक्ष एम.नुरुल इस्लाम र हेड अफ स्ट्राटेजी अलाउद्दिन अहमद पनि नेपाल आएका छन्। 

तीन दिने भ्रमणको पहिलो दिन मङ्गलबार तादिकोन्दाले ललितपुरको पुल्चोकमा रहेकाे मेटलाइफ नेपालको मुख्य कार्यालयमा वान कस्टमर प्लेस (ओसीपी) को उद्घाटन गरिन्। ओसीपीबाट ग्राहकहरुलाई अझै व्यवस्थित रुपमा सेवा उपलब्ध गराउने मेटलाइफले जनाएकाे छ। यसबाट  प्रिमियम भुक्तानी, परिपक्व भएको बिमा दावी, बिमा लेख समर्पण, ऋण तथा बिमा लेख परिवर्तनजस्ता ग्राहकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।  

तादिकोन्दाले बंगलादेश, चीन, हङकङ, भारत, मलेसिया, नेपाल तथा भियतनाम र व्यवसाय सुरु भएका नयाँ स्थानहरु लगायत मेटलाइफको व्यवसायमा तीव्र बृद्धि भएका स्थानहरुमा मेटलाइफको व्यवसाय हेर्ने गरेकी छन्। 

उनले वितरण प्रणालीलाई विस्तार गरी (साझेदारी, एजेन्सी तथा डिजिटल मार्फत), डिजिटल तथा नवीनतम पद्दतिलाई अंगाली तथा यस क्षेत्रमा प्रयोग तथा आदानप्रदान हुने क्षमताहरुमा सहयोग तथा सह–लगानीलाई बढाउन सहयोग गर्दै आएकी छन्। 

नेपालमा नयाँ बिमा सेवा तथा डिजिटिल अभियान ल्याई एक अग्रणी बिमा कम्पनीको रुपमा मेटलाईफ नेपालले एकदमै राम्रो काम गरेको उनले बताइन् ।

‘नेपालमा रहेका हाम्रा समर्पित साथीहलाई भेट्न पाउँन, निजहरुले गरिरहेको प्रगतीलाई देख्न पाउँनु खुशीको कुरा हो,’ उनले भनिन् । 

मेटलाइफको सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्यूरेन्स कम्पनीको शाखाको रुपमा  मेटलाइफ सन् २००१ देखि नेपालमा  सञ्चालन भइरहेको छ । नेपालमा यसले आफ्नो व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ।  

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, जेठ ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्