विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाका हुबबहादुर गुरुङ रहेका छन् ।काठमाडौं, माघ १३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाका हुबबहादुर गुरुङ रहेका छन् ।
गुरुङले विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान एरियाको प्रहरी सहायता कक्ष नजिक आई गैरकानूनी रुपमा भिजिट भिसामा दुवई जान लागेका यात्रुलाई अमेरिकी डलर एक हजार दिन ल्याएका थिए । सोही बेला विमानस्थल प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।
प्रकाशित मिति: १७:२६ बजे, मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












