भायनेटले ल्यायाे क्रिकेट विश्व कप मेनिया
काठमाडौं, जेठ ७ : इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले जेठ १६ गतेदेखि सुरुहुने वल्र्ड कप क्रिकेटलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरुलाई नयाँ....

काठमाडौं, जेठ ७ : इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले जेठ १६ गतेदेखि सुरुहुने वल्र्ड कप क्रिकेटलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरुलाई नयाँ अफर ल्याएको छ।
“भायनेट क्रिकेट वल्र्ड कप मेनिया” नाम दिएको उक्त अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टि.भिको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्नेछन्।
इन्टरनेट र टेलिभिजनको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत ६ हजार क्यास ब्याक र ४३ इन्चको एलजी स्मार्ट एलईडी टिभि जित्ने मौका प्राप्त गर्ने छन्।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल विरगंज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टिभी सेवा सुचारु गरेको छ ।










-1754206481.jpg)
