बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं, माघ १२ : शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगल गापा–४ का रोहन नेपाली...काठमाडौं, माघ १२ : शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगल गापा–४ का रोहन नेपाली सो अभियोगमा काठमाडौंको कलंकीबाट पक्राउ परेका हुन् ।
नेपालीले गत असोज १५ गते मनमाया (नाम परिवर्तन)लाई घर पुर्याइदिने भन्दै घरतर्फ नलगी मान्जे भन्ने ठाउँमा बन्धक बनाएर जबर्जस्ती करणी गरेका थिए । प्रहरीका अनुसार उनले मनमायाले लगाएको गरगहनासमेत लुटेका थिए । आवश्यक कारबाहीका लागि नेपालीलाई प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।
प्रकाशित मिति: १६:४२ बजे, सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१