Kathmandu Press

कान्समा यस्तो देखियो प्रियंकाको पहिरन

काठमाडौं, जेठ ७ : अभिनेत्री प्रियंका कार्की हिजो राति कान्सको पहिलो इभेन्ट सहभागि भएकी छन्।

उनी वोल्ड पिस नाइटमा सहभागी भएकी हुन्। अब उनी दु....

कान्समा यस्तो देखियो प्रियंकाको पहिरन

काठमाडौं, जेठ ७ : अभिनेत्री प्रियंका कार्की हिजो राति कान्सको पहिलो इभेन्ट सहभागि भएकी छन्।

उनी वोल्ड पिस नाइटमा सहभागी भएकी हुन्। अब उनी दुइटा फिल्म स्क्रिनिङ र गाला डिनर इभेन्ट सहभागिता जनाउँने छिन्।

पहिलो इभेन्टमा सहभागि हुँदा उनले लगाएको पहिरनको चर्चा भएको छ। उनले इन्स्टाग्राममार्फत सार्वजनिक गरेका कान्सको पहिलो इभेन्टका फोटो थुप्रैले कमेन्ट गरेका छन्।

केहीले प्रशंसा गरेका छन भने केहीले नराम्रो नभएको टिप्पणी गरेका छन्। नेपाली संस्कृति झल्कने लुगा नभएको उनका फ्यानले गुनासो गरेका छन्।

केहि फ्यानले अझै तीन इभेन्ट बाँकी रहेकाले अहिले नै नराम्रो भन्न नहुने टिप्पणी गरेका छन्।

कान्समा प्रियंकाको पहिलो इभेन्टका केही तस्बीर :

 

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्