Kathmandu Press

भीरबाट लडेर वडा सदस्यको मृत्यु

खोटाङ, माघ ११ : भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ। रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा...
भीरबाट लडेर वडा सदस्यको मृत्यु
Hardik ivf

खोटाङ, माघ ११ : भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ। रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो। 

करीब ३०० मिटर तल खसेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए। धामीझाँक्रीको कामसमेत गर्दै आएका सदस्य फुुयाँल शनिबार साँझ धामी कामकै लागि मबु जानेक्रममा भिरबाट लडेको वडाध्यक्ष राईले जानकारी दिए।

फुयाँल विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यमा विजयी भएका थिए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, माघ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्