जबर्जस्ती करणी अभियोगमा ५१ वर्षीय पुरुष पक्राउ
भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबर्जस्ती करणी गरेका थिए । सो सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले रामेछाप मन्थलीबाट उनलाई पक्राउ गरेको हो ।
काठमाडौं, माघ ११ : ३३ वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सो अभियोगमा मध्यपुर ठिमी नगरपालिका–३ मा डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–१० का ५१ वर्षीय भरत बोहोरा पक्राउ परेका हुन् ।
भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबर्जस्ती करणी गरेका थिए । सो सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले रामेछाप मन्थलीबाट उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: १३:२९ बजे, आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार