Kathmandu Press

प्रतिनिधिसभा विघटनको विरोधमा  कांग्रेसले निरन्तर आन्दोलन गर्छ : नेता सिंह    

काठमाडौं, माघ १० : पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा...
प्रतिनिधिसभा विघटनको विरोधमा  कांग्रेसले निरन्तर आन्दोलन गर्छ : नेता सिंह    

काठमाडौं, माघ १० : पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधानविपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताए ।

कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, कवि अर्जुन पराजुली, समाजका सभापति उत्तम पुडासैनी, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनीलगायतले संविधानासभाबाट बनेको संविधान रक्षा गर्ने हो भने प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिएका थिए ।
 

प्रकाशित मिति: २१:३४ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्