जुवाखालबाटै एक महिलासहित १२ जुवाडे पक्राउ
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खालबाट दोलखा सैलुङकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जना पक्राउ परेका हुन् ।
जुवा खालबाटै एक महिलासहित १२ जुवाडे पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खालबाट बिहीबार दोलखा सैलुङकी ३१ वर्षीया लक्ष्मी तामाङलगायत १२ जना पक्राउ परेका हुन् ।
चाँगुबाट खटिएको प्रहरीले नगद १ लाख ७३ हजार रुपैयाँसहित बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












