काठमाडौंबाट सात केजी पाँचऔँलेसहित एक जना पक्राउ
काठमाडौं महानगरपालिका–३ महाराजगन्जबाट ७ केजी पाँचऔँलेसहित ओखलढुंगा सिद्धिचरण नगरपालिका–२ का ३१ वर्षीय सागर दाहाल पक्राउ परेका हुन् ।
काठमाडौं– प्रतिबन्धित जडीबुटी पाँचऔँलेसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ महाराजगन्जबाट ७ केजी पाँचऔँलेसहित ओखलढुंगा सिद्धिचरण नगरपालिका–२ का ३१ वर्षीय सागर दाहाल पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनलाई उक्त जडीबुटी अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको अवस्थामा पक्राउ गरेको हो ।
दाहाललाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको ब्युरोले जनाएको छ ।
प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












