Kathmandu Press

अटोमेटिक पेस्तोल र गोलीसहित एक जना पक्राउ   

अटोमेटिक पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् । मोरङको बूढीगंगा गाउँपालिका–४ बाट ३२ वर्षीय धनबहादुर विक पक्राउ परेका हुन् ।
अटोमेटिक पेस्तोल र गोलीसहित एक जना पक्राउ   
Hardik ivf

मोरङ– अटोमेटिक पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् । मोरङको बूढीगंगा गाउँपालिका–४ बाट ३२ वर्षीय धनबहादुर विक पक्राउ परेका हुन् ।

प्रहरीले उनलाई एक थान अटोमेटिक पेस्तोल, केएफ ७.६५ लेखिएको ३ राउन्ड गोली, ५ थान मोबाइल र ५ थान सिमकार्डसहित पक्राउ गरेको हो ।  

अनुसन्धानको क्रममा धनबहादुर गत मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ बस्ने राजेन्द्र श्रेष्ठलाई बर्खे जंगलमा लगी धारिलो हतियारले घाँटी रेटी हत्या गरेको खुल्न आएको छ ।  बम बिस्फोट घटनामा समेत उनको संलग्नता  रहेको पाइएको छ ।   
 

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, माघ ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्