Kathmandu Press

अजय सुमार्गीले ४ अर्ब ३१ करोड राजस्व तिरेनन्

काठमाडौं, जेठ ६ : व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ कर तिर्न अस्वीकार गरेको छ।

अजय सुमार्गीले ४ अर्ब ३१ करोड राजस्व तिरेनन्

काठमाडौं, जेठ ६ : व्यवसायी अजेयराज सुमार्गीको लगानी रहेको नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ कर तिर्न अस्वीकार गरेको छ।

सुमार्गीले ७ वर्षअघि नेपाल स्याटेलाइट टेलिकमको शेयर टेलिया सोनेरालाई बिक्री गर्दा प्राप्त पूँजीगत लाभ वापतको कर तिर्न अटेर गरेका हुन्। अन्तिम कर निर्धारण भएपछि रकम भुक्तानी गर्न आग्रह गर्दै पत्राचार गर्दा कम्पनीले पत्र बुझ्न अस्वीकार गरेको राजस्व कार्यालयले जनाएको छ।

‘हेल्लो नेपाल’ ब्राण्डको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘नेपाल स्याटेलाइट टेलिकम’ को ७५ प्रतिशत स्वामित्व टेलिया सोनेराले  ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँमा खरिद गरेको थियो।  

आयकर ऐनले २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेअनुसार गएको ११ वैशाखमा आन्तरिक राजस्व कार्यालयले उक्त कम्पनीलाई  १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ कर निर्धारण गरेको र त्यसमा ब्याजसमेत जोड्दा ४ अर्ब ३१ करोड रुपैयाँ तिर्नुपर्ने जनाएको छ।

सोही रकम ‘असुल गर्नु नपर्ने ठोस प्रमाण भए पेश गर्न’ अनुरोध गरिएको र त्यसमा कम्पनीले जवाफ दिएपछि ३१ वैशाखमा अन्तिम कर निर्धारण गरिएको समेत कार्यलयले जनाएको छ।

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, जेठ ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्