सवारी ज्यान मुद्दाका फरार व्यक्ति अढाइ वर्षपछि पक्राउ
सवारी ज्यान मुद्दामा जेल सजाय तोकिएका फरार व्यक्ति अढाइ वर्षपछि पक्राउ परेका छन् ।
सिन्धुली– सवारी ज्यान मुद्दामा जेल सजाय तोकिएका फरार व्यक्ति अढाइ वर्षपछि पक्राउ परेका छन् । सिन्धुली जिल्ला अदालतले २०७५ जेठ २९ गते सात महिना २० दिन कैद सजाय तोकेका सिन्धुलीको कमलामाई नगरपालिका–८ ठूलडाँडाका ३० वर्षीय पञ्चबहादुर वाइबालाई इलाका प्रहरी कार्यालय भिमानको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार फरार अपराधी पञ्चबहादुरलाई मंगलबार पक्राउ गरी सिन्धुली अदालतमा बुझाइएको जानकारी दिए ।
प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












