Kathmandu Press

तरकारी र खाद्यपदार्थ गत वर्षभन्दा सस्तो : राष्ट्र बैंक

काठमाडौ, जेठ ६ : तरकारीको मूल्य बजारमा छोइ नसक्नु भएको वेला नेपाल राष्ट्र बैंकले भने गत वर्षभन्दा सस्तो रहेको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकल....

तरकारी र खाद्यपदार्थ गत वर्षभन्दा सस्तो : राष्ट्र बैंक
काठमाडौं प्रेस

काठमाडौ, जेठ ६ : तरकारीको मूल्य बजारमा छोइ नसक्नु भएको वेला नेपाल राष्ट्र बैंकले भने गत वर्षभन्दा सस्तो रहेको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकले गत वर्षको तुलनामा तरकारी र दालको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको हो।

यता बजारमा भने गोलभेडाँ, काउली, बन्दा, सागलगायत तरकारीको मूल्य सत प्रतिशतसम्म बढेको छ। टमाटरको मूल्य एक सय ४० रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चैतमा औसतमा मूल्यबृद्धि ४.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष ५.३ प्रतिशत मूूल्यबृद्धि भएको थियो।

२०७५ चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो।

२०७५ चैतमा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.२ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, काठमाडौं उपत्यकामा ४.७ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ७.० प्रतिशत, ६.० प्रतिशत, ४.३ प्रतिशत र ५.७ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार तरकारीको मूल्य अघिल्लो वर्षभन्दा ४.४ प्रतिशतले घटेको छ। यस्तै दाल तथा गेडागुडीको मूल्य ०.७ प्रतिशतले घटेको छ।

यस्तै फलफुलको ०.९ प्रतिशतले मूल्य बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

तर, बजारमा भने राष्ट्र बैंकले भनेजस्तो सस्तो भएको छैन्। सबै उपभोग्य सामानको मूल्य अत्यधिक बृद्धि भएको छ।

याे पनि पढ्नुहाेस्

खानै नसकिने गरी महँगियो गोलभेडा

 

प्रकाशित मिति: १४:०८ बजे, सोमबार, जेठ ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्