Kathmandu Press

टेलिकमका मोवाइलबाट दश पैसामै कुरा गर्न सकिने

काठमाडौं, जेठ ६ : नेपाल टेलिकमले दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ।

टेलिकमका अनुसार, दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने छ।....

टेलिकमका मोवाइलबाट दश पैसामै कुरा गर्न सकिने

काठमाडौं, जेठ ६ : नेपाल टेलिकमले दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ।

टेलिकमका अनुसार, दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने छ। कम्पनीले ०७६ वैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजनाअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो।

यो सेवा उपभोग गर्नका लागि मोवाइलमा ‘भ्वाइस ९० एफ’ लेखेर १४१५ मा मेसेज गर्नु पर्नेछ। त्यसपछि जम्मा नौ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घन्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ।

यो सुविधा कम्पनीका जीएसएम र सीडीएमएका प्रिपेड र पोस्टपेडमा उपलब्ध रहेको छ।

 

 

 

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, जेठ ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्