‘जात्रा’लाई उछिन्ने ‘जात्रै जात्रा’
काठमाडौं, जेठ ६ : पैसाप्रति मान्छेको लगाव स्वभाविकै हो। तर, पछिल्लो समय तस्करी, भ्रष्टाचार गरेर भएपनि रातारात धनि बन्ने सपना देख्ने बढ्दै गएका छन्। पै....

काठमाडौं, जेठ ६ : पैसाप्रति मान्छेको लगाव स्वभाविकै हो। तर, पछिल्लो समय तस्करी, भ्रष्टाचार गरेर भएपनि रातारात धनि बन्ने सपना देख्ने बढ्दै गएका छन्। पैसा र सम्पत्तिसँग मान्छेको मानसम्मान जोडिदै गएको छ। इमान्दारिता किताबी ज्ञानमा मात्रै सिमित हुन पुगेको छ।
यहि यथार्तलाई टेकेर करिब साढे २ वर्ष अघि एउटा फिल्म आएको थियो, ‘जात्रा’। त्यसमा तीन पात्र भेट्टाएको पैसाबाट लखपति बन्ने सपना देख्छन्। तर, त्यो अवैध धन्दाबाट आर्जन गरिएको पैसा भएको खुलेपछि जेल पर्छन्।
त्यसपछि के हुन्छ? उनीहरू छुट्छन् कि जेल सजाय पाउँछन्? ति गरिब पात्रको धनि हुने सपना पूरा हुन्छ? तीन वर्ष अघि बाँकि रहेका यिनै प्रश्नको जवाफ ‘जात्रै जात्रा’मा पाइन्छ।
प्रदीप भट्टराईको ‘जात्रै जात्रा’को कथा तीन वर्ष अघिको ‘जात्रा’ को अन्तयबाट सुरू हुन्छ । तीन वर्ष जेल सजाय भोगेपछि ति ३ पात्रहरुले अदालतबाट सफाइ त पाउँछन तर, समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुँदैन्।
अघिल्लो पटक भेट्टाएको पैसा लुकाउन अनेकन कोसिस गर्छन्। यस पटक पैसाको ठाउँमा सुन राखेका छन, निर्देशक भट्टराईले। दुवै फिल्म, पात्रको थिम र उद्देश्य एउटै छ।
तर, यो फिल्म कमजोर भने छैन। ‘जात्रा’ भन्दा ‘जात्रै जात्रा’मा दर्शकले अझ धेरै मनोरञ्जन पाउँछन्।
समसामयिक विषयवस्तुमा फिल्म बनेको छ। पात्राहरूको भोगाइ जटिल छ। तर, ति जटिलतामा पनि दर्शकले हास्यव्यंग्यको भरपुर स्वाद लिन सक्छन्। यस हिसाबले दर्शकलाई बाँधिराख्ने फिल्म छ भन्दा फरक नपर्ला।
‘जात्रै जात्रा’ले नचाहादा नचाहदै पनि आफन्त र समाजबाट अपहेलित नहुन पैसा कमाउनु पर्छ भन्ने मनोविज्ञानलाई प्रशय दिन्छ। त्यहि मनोविज्ञानबाट निर्देशित छन्, तीन मुख्य पात्र फणिन्द्र (बिपिन कार्की), जोयस (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)।
‘जात्रा’मा दुई करोड ८० लाखको नक्कली पैसा कारोबारमा तीन वर्ष जेल सजाय काटेर सामान्य जीवनमा फर्किएका उनीहरू दुःखजिलो गर्छन्। पसिना बगाएरै दैनिकी चलाउन खोज्छन्।
तर, अघि भनिए जस्तै पैसा र सम्पतिको तौलले निर्धारण गर्ने मानसम्मान पाउन फिल्मका मुख्य पात्र फणिन्द्र फेरि रातारात धनि बन्ने सपना देख्न थाल्छन्। र फेरि एकपटक इमान्दारीताको बोर्को उतारेर झुठ र लुकाछिपिको साहारा लिन थाल्छन् । जसमा पुन एकपटक उनका २ मित्रहरु पनि एकपछि अर्को गर्दै खनिन्छन् ।
‘जात्रै जात्रा’मा उनीहरूको सपना पूरा गरिदिने बाटो गुण्डा नाइके (दयाहाङ्ग राईले) देखाउँछन्। गुण्डा नाइकेमार्फत भेटिएको १० किलो सुन लुकाउन र पचाउन कसरत गर्छन्। फिल्मको कथावस्तै त्यसकै वरिपरि घुम्छ।
यो फिल्ममा दुई गीत पनि समावेश गरेर ‘कमर्सियल’ सिनेमामा ढाल्न खोजिएको छ।
कलाकारको सशक्त अभिनयले दर्शकलाई बाँधिराख्छ। फिल्मभरि दिल खोलेर हाँस्दा हाँस्दै पनि केही दृश्यमा भने दर्शक आँशु नझारि रहन सक्दैनन्। ‘जात्रा’बाट प्रशंसा कमाएका निर्देशक भट्टराईले ‘जात्रै जात्रा’लाई झन राम्रो बनाएका छन्।
यसको अन्त्य हेर्दा निर्देशक भट्टराईले फेरि यसको सिक्वेल बनाउ नचाहेको प्रतित हुन्छ। तर, अघिल्लो फिल्मको अन्त्यमा निरास देखिएका दर्शक ‘जात्रै जात्रा’को अन्तिम दृश्य ओझेल पर्दा भने ताली बजाउन पुग्छन्।












-(7)-1765197040.jpg)