चितवनदेखि कास्कीसम्मका हस्तकला काठमाडौंमा
काठमाडौं, जेठ ५ : विश्व वन्जयन्तु कोष (डब्लूडब्लूएफ) ले आफ्नो २६ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंको अन्नपूर्ण होटलमा हस्तकला प्रदर्शनीको आयोजन....

काठमाडौं, जेठ ५ : विश्व वन्जयन्तु कोष (डब्लूडब्लूएफ) ले आफ्नो २६ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंको अन्नपूर्ण होटलमा हस्तकला प्रदर्शनीको आयोजना गर्यो।
यो मेलामा चितवनदेखि कास्कीसम्मका स्थानीय युवा र दलित महिलाले गाउँघरमै उपलब्ध सामग्रीहरूबाट बनाएका सामाग्रीहरू प्रदर्शनमा राखिएको थियो।
सेतो र सफा कपडाले ढाकिएको टेबलमा कास्कीको अलैंची, चितवनको अर्गानिक मह र तनहुँबाट ल्याइएको माटोको माला पनि राखिएको थियो।

तनँहुकी ३५ वर्षीया पार्वती सुनारले माटोबाट बनाइएका रङ्गीबिरङ्गी गहना प्रदर्शनीमा राखेकी थिइन्। झट्ट हेर्दा सुनका जस्ता देखिन्थे, उनका गहनाहरू। तर, सुनको त जलप मात्रै थियो। खासमा ती गहनाहरू माटोका थिए।
तनहुँको भानु नगरपालिकामा पार्वती जस्तै २६ जना दलित महिलाहरु सिर्जनशील कण्ठमाला महिला समूह मार्फत माटोको माला बनाउने गर्छन्। विगत १२ वर्षदेखि माटो र पोतेले सजिएका नौगेडी माला नै ती महिलाहरुको मुख्य आयस्रोत बनेको छ।
.jpg)
“जस्तो पायो त्यस्तो माटो पछि फुट्ने हुँदा नफुट्ने खोलामा पाउने कालोमाटोले यो नौगेडी तयार गर्छौँ,” उनले भनिन्।
नवलपरासीको अमलटारीका युवाले काठबाट बनाएका हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनीमा राखिएका थिए।
यो हस्तकला मेलाको भिडमा २ युवा पनि थिए, जो आफूमात्रै नभई अरु युवालाई पनि रोजगारी प्रदान गरिरहेका छन्।

तीमध्ये एक हुन्, कास्कीका २५ वर्षीया सुरेन्द्र क्षेत्री। उनी विगत ४ वर्षदेखि अलैचीको व्यापार गरिरहेका छन्। अरु युवा जस्तै विदेश जाने भागदौडमा रहेका सुरेन्द्र अहिले आफूलगायत गाउँका अरु पनि थुपै युवाको प्रेरणा स्रोत र रोजगारदाता बनेका छन्।
घरमै राम्रो आम्दानी हुन थालेपछि उनले जापानको भिसा पनि छोडर आफनै देशमा पसिना बगाइरहेका छन्।
भिडियाे
उनी अहिले नेपाल अलैंची महासघं कास्कीको महासचिव पनि हुन्। र अहिले कास्की जिल्लामा अलैंची व्यवसाय उनकै निगरानीमा हुने गरेको छ।
युवा व्यवसाय मध्येकै अर्की २७ वर्षिय ओजस्वी वैद्य पनि आफू लगायत आफूभन्दा सानो उमेरका युवाहरुलाई रोजगारी दिइरहेकी छिन्। टायर ट्रेजर्स नामको उनको संथामा २० वर्षदेखिका युवतीहरु पनि संलग्न छन्।













-(7)-1765197040.jpg)