Kathmandu Press

भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो

भाउ बढेसँगै बजार पुग्न थाल्यो अम्लिसो

इलाम, माघ ६ : विगतका वर्षहरूको तुलनामा यस वर्ष कुचो (अम्लिसो) को भाउ बढेपछि किसान औधी रमाएका छन्। उनीहरु अहिले अम्लिसो थुतेर बजारसम्म पु¥याउन थालेका हुन्। मध्यपहाडी क्षेत्रमा उत्पादन हुने कुचोको ठूलो परिमाणमा भारत जान्छ।

नेपाली उत्पादन भए पनि भारतीय व्यवसायीले राखेको भाउमा नेपाली व्यवसायी चल्नुपर्छ। भाउ अस्थिर हुनाले किसानले अधिकतम मूल्य पाउनकै लागि अहिले नै बजार पु¥याउन थालेका हुन्। वस्तुको मूल्य किसानको हातमा नरहेकाले कृषिजन्य उत्पादनको भाउमा उतारचढाव हुने गरेको छ। गत वर्ष प्रतिकिलो ९० रुपैयाँको हाराहारी भाउ रहेकामा यस वर्ष प्रतिकिलो १४० रुपैयाँ मा किनबेच भइरहेको छ। यसै वर्षको भाउ पनि एकरुपता छैन।

Hardik ivf

शुरुमा १०० रुपैयाँ रहेकामा विस्तारै बढेर १४० रुपैयाँ पुगेको हो। कुचोको भाउ स्थिर नभए पनि यस वर्ष विगतमा जस्तो अत्यन्तै कम हुने सम्भावना नरहेको देउमाई नगरपालिकाका व्यवसायी मात्रिका घिमिरे बताउछन्। यस वर्ष उत्पादन कम भएकाले भारतबाट चर्को माग आइरहेको छ।

नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ। यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्न सक्ने उनको अनुमान छ। यहाँका किसानले पुसको मध्यमबाट माघ अन्तिमसम्ममा अम्लिसो थुत्ने गर्दछन्। यसपछि सुकेपछि बेच्ने गरेका छन्।

कतिपय किसानले पुरानो कुचो बेच्ने गरेकाले पनि भाउ कम हुने गरेको व्यवसायी घिमिरेको भनाइ छ। ‘कुचो जुन सालको हो। त्यही साल नै बेचिसक्नुपर्छ । अर्को साल पर्खियो भने गुणस्तरहीन हुन्छ,’ उनले भने। भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को साल बेच्ने गरेका छन्।

यसैले पनि गुणस्तरीय वस्तु नआएको भन्दै भारतले कुचोको भाउ कम मात्र दिने गरेको छ।  यस वर्ष भने भाउ उल्लेखीय आएकाले किसानसमेत बेच्न कसिएका छन्। कुचोको भाउ उल्लेखीय आएकाले माइजोगमाई गाउँपालिकास्थित सोयाङका सुमन बेघाले यस वर्ष बगानको सबै अम्लिसो थुतेर बेच्न शुरु गरेको जानकारीदिए। रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुनको साथै यसको हेरचाह गर्न खासै मेहेनत गर्नु नपर्ने भएकाले पनि किसानले अम्लिसो खेती गर्छन्। गाई भैँसीको लागि मुख्य घाँसको रुपमा किसानले अम्लिसो रोप्ने गर्छन्।

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्