लामीडाँडामा टिप्पर दुर्घटना, दुईको मृत्यु, एक घाइते
उदयपुर, जेठ ५ : सिद्धिचरण रामजार्गअन्तर्ग लामीडाँडामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
उदयपुरबाट....

उदयपुर, जेठ ५ : सिद्धिचरण रामजार्गअन्तर्ग लामीडाँडामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
उदयपुरबाट सोलुखुम्बुजिल्लातर्फ जाँदै गरेको ना ४ ख ७००० नम्बरको टिप्पर कटारी नगरपालिका–१४ लामीडाँडामा आज दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा सिन्धुलीको दुधौली नगरपालिका–११ का २० वर्षीय लिलाबहादुर सार्की र कटारी नगरपालिका–५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको मृत्यु भएको छ। लिला टिप्परका सहचालक हुन्।
पछाडि सार्ने क्रममा टिप्पर सडकबाट पाँच सय मिटर तल दादुरा खोलामा खसेको प्रहरीले जनाएको छ।
टिप्पर चालक सिन्धुली नगरपालिका–११ का ४० वर्षीय हर्कबहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।