Kathmandu Press

कम्पनीमा दर्ता हुन यातायात समितिलाई पाँच दिनको म्याद

काठमाडौं, जेठ ५ : देश भरका यातायात समितिलाई कम्पनीमा दर्ता हुन पाँच दिनको म्याद दिइएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका....

कम्पनीमा दर्ता हुन यातायात समितिलाई पाँच दिनको म्याद
फाइल फोटो

काठमाडौं, जेठ ५ : देश भरका यातायात समितिलाई कम्पनीमा दर्ता हुन पाँच दिनको म्याद दिइएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभरका यातायात समितिलाई पत्राचार गरेर पाँच दिनभित्र कम्पनीमा दर्ता हुन आग्रह गरेको हो। यस अघि सरकार र महासंघबीच यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने सहमति भएको थियो।

त्यसअनुसार, आज सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ (क) अनुसार कम्पनी दर्ता गर्न महासंले आग्रह गरेको हो।

पाँच दिनभित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता नहुने समितिको महासंघले जिम्मेवारी नलिने जनाएको छ।

सरकारसँग भएको सहमति अनुसार, यातायात समितिलाई कम्पनीमा दर्ता हुन आग्रह गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन,’ सिटौलाले भने।

अहिले केही यातायात समितिहरू कम्पनीमा दर्ता भएका छन्। केहीले भने कम्पनीमा दर्ता नगरी यातायात संचालन गरिरहेका छन्।

 

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, जेठ ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्