इलेक्ट्रोनिक समानको विज्ञापन गरेर ठगी गर्ने दुई जना पक्राउ
ललितपुर– सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका–४ का २८ वर्षीय अजय भन्ने प्रमोद...
ललितपुर– सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका–४ का २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा बहदुरमाई नगरपालिका–८ घर भई काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेली रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाइल,घडी, ल्यापटप, क्यामेराजस्ता इलेक्ट्रोनिक सामानहरु बजार मूल्यभन्दा सस्तोमा डेलिभरी गराउने विज्ञापन राख्ने गरेको पाइएको छ । विज्ञापन हेरेर सम्पर्कमा आएका व्यक्तिलाई रकम जम्मा गर्न लगाई रकम पाएपश्चात सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूउपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रकाशित मिति: १७:०८ बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












