ओखलढुंगामा 'एक विद्यालय एक नर्स’ कार्यक्रम लागू
प्रदेश १ का केही विद्यालयमा परीक्षणका रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुंगाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ । जिल्लाको...
प्रदेश १ का केही विद्यालयमा परीक्षणका रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुंगाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ ।
जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित कुण्डली मावि खिजीकाती, मोलुङस्थित कुन्तादेवीको सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीस्थित सरस्वती मावि खानीभन्ज्याङ र सुनकोसी गाउँपालिकास्थित कटुञ्जे मावि कटुञ्जे र मानेभन्ज्याङस्थित हर्कपुर मावि टोक्सेलमा यो कार्यक्रम लागू गरिएको हो ।
प्रत्येक स्थानीय तहमा एक÷एक जनाको दरले १३ वटै जिल्लाका स्थानीय तहका लागि नर्स नियुक्ति गर्ने योजना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १७:०१ बजे, सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












