Kathmandu Press

सेनालाई बुझाइयो अङ्ग्रेजसँगको लडाइँमा प्रयोग गरिएका हतियार 

अङ्ग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुँडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।    
सेनालाई बुझाइयो अङ्ग्रेजसँगको लडाइँमा प्रयोग गरिएका हतियार 

अङ्ग्रेज फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुँडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।     

१८२४ मा भएको अङ्ग्रेजसँगको लडाइँमा पुर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले आज आफ्नो घरमा भएको एउट भाले खुँडा र एक थान तरबार तथा भद्रकालीमा हरि थापाको घरमा रहेको भाले खुँडा ९ नम्बर बाहिनीपति ध्रुव शाहलाई हस्तान्तरण गरेका छन् ।

Hardik ivf

हस्तान्तरणपछि प्रमुख खत्रीले लडाइँका क्रममा प्रयोग भएका घरेल हतियारको खोजी गर्ने काम भइरहेको बताए । नेपाली सेनासँग सहकार्य गरेर नगरवासीका घरमा भएका पुर्ख्याैली घरेलु हतियार सङ्कलन गर्ने र ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालयमा राखिनेसमेत उनले जानकारी दिए ।

यस्तै ९ नम्बर बाहिनीका बाहीनीपति शाहले युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिमचरणमा पुगेको बताए । तत्कालीन अङ्ग्रेजसँगको लडाइँका क्रममा प्रयोग भएका घरेलु हतियारको खोजी गर्ने कार्य भइरहेको उनको भनाइ छ । हालसम्म सात खुँडा, खुकरी र एउटा धनुषवाण जम्मा भएको जानकारी दिए ।

प्रकाशित मिति: १५:४३ बजे, आइतबार, पुस २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्