मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
रसुवा, पुस २६ : मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा...
रसुवा, पुस २६ : मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन्।
लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा.४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १२:२१ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












