हेटौंडामा एक पुरुषको बेवारिसे शव फेला

मकवानपुर,पुस २६ : हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन।
बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: ११:५५ बजे, आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












