देशभरका सरकारी कार्यालयमा इन्टरनेट सेवा बन्द
काठमाडौं, जेठ ३ : इन्टरनेट सेवा प्रदायक संस्था (आईएसपी)ले आज देशभरका सरकारी कार्यालयको इन्टरनेट सेवा बन्द गरेको छ।
नेपाल विद्युत प्राधिकरण र....

काठमाडौं, जेठ ३ : इन्टरनेट सेवा प्रदायक संस्था (आईएसपी)ले आज देशभरका सरकारी कार्यालयको इन्टरनेट सेवा बन्द गरेको छ।
नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीचको विवाद बढ्दै गएपछि आईएसपीले आज सरकारी कार्यालयको इन्टरनेट सेवा बन्द गरेको हो।
नेपाल विद्युत प्राधिकरणले भाडा सम्झौता नगर्ने इन्टरनेट सेवा प्रदायक संस्थाको तार काट्न थालेको थियो। उसले पाँच सयदेखि दुई हजार प्रतिशतसम्म भाडा बढाएको थियो।
नेपाल टेलिकम र एनसेलजस्तै इन्टरनेट सेवा प्रदायक संस्थाको भाडा पनि अत्यधिक बढाएपछि आईएसपी आन्दोलनमा उत्रिएको हो। उसले यस अघि पटकपटक प्राधिकरणसँग नेपाल टेलिकम र एनसेलजस्ता ठूला कम्पनीसँग दाँजेर इन्टरनेट सेवा प्रदायक साना कम्पनीको भाडा नबढाउन आग्रह गरेको थियो। संस्थाले त्यति धेरै भाडा दिन नसकिने जनाएको थियो।
तर, प्राधिकरण कार्यकारी दिर्नेशक कुलमान घिसिङले सबैलाई एउटै नियम लागू हुने जनाउँदै भाडा नघाइने बताएका थिए। उनले भाडा सम्झौता नगर्ने कम्पनीको तार विद्युतको पोलबाट हटाउन निर्देशन दिएका थिए।
जसका कारण इन्टरनेट सेवा प्रदाकयहरू एक सातादेखि आन्दोलनमा थिए। उनीहरूले जति गर्दा पनि सहमति हुन नसकेपछि आज देशभरका सरकारी कार्यालयको इन्टरनेट सेवा बन्द गरेका हुन्।
प्राधिरकणले तिर्नै नसक्ने गरी भाडा बढाएपछि बाध्य भएर सरकारी कार्यालयको इन्टरनेट सेवा बन्द गर्नु परेको आईएसपीका अध्यक्ष भोजराज भट्टले बताए।
अहिले ७० प्रतिशत इन्टरनेट सेवा नीजि क्षेत्रका कम्पनीले नै दिदै आएका छन्।
प्राधिकरणले प्रतिकिलोमिटर तारको मोटाइअनुसार एक हजार दुई सय, एक हजार नौ सय र दुई हजार सात सय रुपैयाँ भाडा तोकेको छ।
ईन्टरनेट सेवा अवरुद्ध भएपछि कम्पनि रजिस्ट्रार, वाणिज्य विभाग, घरेलु तथा साना उद्योग कार्यालयलगायत सेवाग्राहीको चाप हुने कार्यालयहरुमा सेवा ठप्प भएको छ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा देशभरका सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ।










-1754206481.jpg)
