Kathmandu Press

प्रदेश ३ को प्रदेशसभा बैठक: दुई विधेयक पारित

हेटाैँडा, जेठ २ : प्रदेश नम्बर नम्बर ३ को प्रदेशसभाको बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्....

प्रदेश ३ को प्रदेशसभा बैठक: दुई विधेयक पारित

हेटाैँडा, जेठ २ : प्रदेश नम्बर नम्बर ३ को प्रदेशसभाको बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिबाट गरेको छ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए।

Hardik ivf

छलफलमा सहभागी सदस्यले उठाउनुभएको जिज्ञासालाई मन्त्री लामाले जवाफ दिँदै बहुसङ्ख्यक खेतीयोग्य जमीनलाई बाँझो राख्ने प्रचलनलाई अब प्रदेश सरकारले सामूहिक खेतीको माध्यमबाट अन्त्य गर्ने र कृषि उत्पादन वृद्धि गर्नेतर्फ नीतिगत कार्यक्रममा बजेट तर्जुमा गरिन लागेको बताए। 

उनले सिँचाइ प्रणालीलाई नयाँ प्रविधिबाट प्रत्येक किसानको खेतमा नहरबाट पानी उपलब्ध गराउने परियोजना सञ्चालन गर्नेतर्फ सरकार क्रियाशील रहने जानकारी दिए। प्रदेशसभाको अर्को बैठक जेठ ७ गते अपराह्न २ बजे बस्नेछ।   रासस

प्रकाशित मिति: १९:५९ बजे, बिहीबार, जेठ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्