बझाङमा प्रांगारिक खेतीलाई ४१ लाख ५० हजार बजेट विनियोजन
बझाङ– कृषि ज्ञान केन्द्रले प्रांगारिक खेतीका लागि रकम बजेट विनियोजन गरेको छ । कृषि ज्ञान केन्द्रले प्रांगारिक खेतीका लागि४१ लाख ५०...
बझाङ– कृषि ज्ञान केन्द्रले प्रांगारिक खेतीका लागि रकम बजेट विनियोजन गरेको छ । कृषि ज्ञान केन्द्रले प्रांगारिक खेतीका लागि४१ लाख ५० हजार बजेट विनियोजन गरेको छ । स्थानीय सरकारको चासो र सहयोग पछि स्थानीय तह प्रांगरिक खेती प्रणालीतर्फ आकृष्ट भएका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहले प्रांगरिक खेतीतर्फ आकृष्ट भएका हुन् ।
बझाङस्थित तीनवटा स्थानीय तहमा प्रांगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचित गर्ने व्यवस्था गरिएको छ । स्थानीय तहमा क्लस्टर छनोट गरेर कार्यक्रम कार्यान्वयन गरिने कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जनाए । यसका लागि केन्द्रले जैविक विषादी, जैविक मल बनाउने, गड्यौला मल उत्पादनका लागि गड्यौलापालन, भकारो सुधारमा सहयोग गरिरहेको उनको भनाइ छ ।
सरकारले प्रांगारिक उपजको प्रमाणीकरण, प्रांगारिक उत्पादनको प्रशोधन, रासायनिक विषादीको प्रयोग नगरी गरिने उत्पादन र परम्परागत पद्धतिबाट हुने कृषि उत्पादनको प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको हो । त्यसका लागि प्रांगारिक खेती पद्धतिको लागि सचेतना अभिवृद्धि गर्ने, प्रांगारिक उत्पादनका लागि आवश्यक सामग्रीमा सहयोग गर्ने, प्रविधि हस्तान्तरण गर्नेदेखि बजारीकरणसम्ममा सहयोग पुग्ने क्रियाकलाप सञ्चालन हुनेछन् ।
त्यस्तै उत्पादन विविधीकरण गर्ने, उत्पादित वस्तुको प्याकेजिङ लेबलिङ गरेर मूल्य अभिवृद्धि गरिनेछ । प्राङगारिक खेतीका लागि संरक्षित संरचनाभित्र बालीको उत्पादनका लागि नयाँ संरचना बनाउन सहयोग गर्ने, पुरानो संरचनालाई सुधार गर्नेदेखि खुला जमिनमा खेती गर्ने प्रणालीलाई समेत सहयोग गर्ने कार्यक्रम छन् । कार्यक्रम लागू भएको ठाउँमै बजार प्रवर्द्धनको केन्द्र बनाइने केन्द्रका प्रमुख विष्टले बताए ।
यसरी उत्पादन भएको अर्गानिक कृषिउपजको जिल्लामा एउटा कोशेली घर निर्माण गरी खरिद गर्ने र धनगढी, काठमाडौँसम्म ढुवानी गर्नका लागि त्यहाँ पनी बझाङ कोशेली घर निर्माण गरी बजार व्यवस्थापन गरिने उनको भनाइ छ ।




-(55)-1765012331.jpg)




-(86)-1764936079.jpg)


-1764760320.jpg)