Kathmandu Press

पाँचथरमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

पाँचथर, पुस २४ : पाँचथरको रविबाट झापा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। आज बिहान पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविबाट गोलिया...
पाँचथरमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु
Hardik ivf

पाँचथर, पुस २४ : पाँचथरको रविबाट झापा जाँदै गरेको ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। आज बिहान पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविबाट गोलिया बोकेर झापाको दमकतर्फ गइरहेको ना३ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालक पाँचथरको मिक्लाजुङ–४ का ३५ वर्षीय किरण राईको मृत्यु भएको हो। 

ट्रक आफैँ अनियन्त्रित भई इलामको माङसेबुङ गाउँपालिका–२ भोटेडाँडामा सडकबाट करीब २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। दुर्घटनामा घाइते भएका सहचालक राईलाई उपचारका लागि दमकतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। 

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, पुस २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्