Kathmandu Press

बिचौलियाका कारण किसान र उपभोक्ता मारमा

उपभोक्ता बिचौलियाको चलखेलका कारण दोब्बर मूल्य तिरेर तरकारी किन्न बाध्य भएका  छन् ।  झापाको मामा भान्जा कृषि फार्ममा प्रतिकेजी  ३० का दरले फर्सी र  ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर टाढा रहेको भद्रपुर र चन्द्रगढी बजारमा फर्सी प्रतिकेजी  ७० र बोडी र ९० का दरले बिक्री हुने गरेको छ ।     
बिचौलियाका कारण किसान र उपभोक्ता मारमा

उपभोक्ता बिचौलियाको चलखेलका कारण दोब्बर मूल्य तिरेर तरकारी किन्न बाध्य भएका  छन् ।  झापाको मामा भान्जा कृषि फार्ममा प्रतिकेजी  ३० का दरले फर्सी र  ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर टाढा रहेको भद्रपुर र चन्द्रगढी बजारमा फर्सी प्रतिकेजी  ७० र बोडी र ९० का दरले बिक्री हुने गरेको छ ।     
     
उत्पादक किसान र उपभोक्ताबीच दोब्बर मुनाफा राखेर बजारमा तरकारी बिक्री हुँदै आए ता पनि कुनै निकायले यसको अनुगमन गरेको छैन । बिचौलिया हाबी हुँदा मूल्य अस्वाभाविक ढंगले बढाइएको छ । त्यसको लाभ पाउनबाट वास्तविक किसान र उपभोक्ता वञ्चित छन् । झापामै ठूलो परिमाणमा व्यावसायिक तरकारी खेती गर्ने मामा भान्जा कृषि फार्मले वार्षिक नौ हजार मेट्रिक टन बेमौसमी तरकारी उत्पादन गर्दै आएको जनाएको छ ।

बिचौलियाको हातमा उत्पादन बेच्नुपरेको कारण मनग्य फाइदा उठाउन नसकिएको फार्मका सञ्चालक निर्मल अधिकारी बताउँछन् । ‘बजारीकरणको समस्या छ, आफैँले बेच्न लैजान सकिदैन,’ उनले भने, ‘बाध्य भएर बिचौलियालाई दिनुको विकल्प छैन, उनीहरुले बजारमा बेच्ने मूल्यभन्दा आधा मात्र दिन्छन् ।’

Hardik ivf

सो फार्मले अर्जुनधारा, मेचीनगर र भद्रपर नगरपालिकामा ३० बिघा जमिन लिजमा लिएर लहरे तरकारी खेती गर्दै आएको छ । भद्रपुर–४ गौशाला नजिक १६ बिघा जमीनमा फार्मले यति बेला फर्सी, करेला, काक्रा, बोडी, टमाटर, सिमीलगायत तरकारी लहलह फलाएको छ ।     
     
फार्मबाट किनेर ल्याएको फर्सी प्रतिकेजी  ७० ले बेच्ने गरेका भद्रपुरका खुद्रा व्यापारी श्यामनारायण साहले खरिद मूल्य ६० पर्ने गरेको दाबी गरे  । ‘हामीले बिचौलियासँग प्रतिकेजी ६० का दरले फर्सी किन्छौं,’ उनले भने, ‘१० मार्जिन राखेर बिक्री गर्दा अलिकति महङ्गो भइहाल्छ नि ।’     

भारतबाट भित्रिने तरकारीभन्दा स्वदेशी तरकारी नै उपभोत्ताको रोजाइमा परेको छ । यसबाट स्थानीय कृषि फार्म फस्टाउने वातावरण बन्दै गएको छ । तथापि बजारमा बिचौलियाको बिगबिगी भएका कारण उपभोक्ता महँगीको मारमा र उत्पादक किसान भाउ नपाएर नोक्सानीमा पर्ने बिडम्बना उत्पन्न भएको छ ।     

बेमौसमी लहरे तरकारी खेतीबाटै वार्षिक रु एक करोड आम्दानी गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा कोभिड–१९ को महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएका ४५ युवाले रोजगारी पाएका छन् ।    


 

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्