Kathmandu Press

टोखामा चक्कु प्रहार गरी दुई जनालाई लुटपाट

काठमाडाैं, पुस २३ : काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतिबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का दुई जनालाई चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ।गए राति चार/पाँच...
टोखामा चक्कु प्रहार गरी दुई जनालाई लुटपाट

काठमाडाैं, पुस २३ : काठमाडौँको टोखा नगरपालिका–९ दिपज्योतिबाट सुर्खेत गुरुवाकोट नगरपालिका–६ का दुई जनालाई चक्कु प्रहार गरी मोबाइल लुटपाट भएको छ।

गए राति चार/पाँच जनाको समूहमा आएका अज्ञात व्यक्तिले चक्कु प्रहार गरी मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ। फरार लुटेराको महानगरीय प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले खोजी गरिरहेको छ।

चक्कु प्रहारबाट घाइते भएका दुवै जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १५:३१ बजे, बिहीबार, पुस २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्