Kathmandu Press

बलिउड स्टार आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने

काठमाडौं, जेठ २ : बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्रमा पुग्ने भएकी छन्।

भारतीय मिडियाका अनुसार, एक खुट्टाबिनानै सगरमाथा आरोहण गरेकी ....

बलिउड स्टार आलिया भट्ट सगरमाथा क्षेत्र पुग्ने
एजेन्सी

काठमाडौं, जेठ २ : बलिउड अभिनेत्री आलिया भट्ट सगरमाथा क्षेत्रमा पुग्ने भएकी छन्।

भारतीय मिडियाका अनुसार, एक खुट्टाबिनानै सगरमाथा आरोहण गरेकी भारतीय महिला अरुणिमा सिन्हाको जिवनीमा आधारित फिल्मको सुटिङका लागि आलिया सगरमाथा क्षेत्रमा पुग्न लागेकी हुन्।

आलिया भट्ट एक खुट्टाबिनै सगरमाथा आरोहण गरेकी अरुणिमा सिन्हा।

Hardik ivf

यो बायोपिक अंग्रेजी पुस्तक ‘बर्न अगेन अन द माउन्टेन : ए स्टोरी अफ लुजिङ एभरिथिङ एन्ड फाइन्डिङ इट ब्याक’मा आधारित हुनेछ।

यसको छायांकन सन् २०२० मा हुने जनाएको छ। फिल्म निर्माण टिम सगरमाथा क्षेत्रमै पुगेर फिल्म छायांकन गर्ने सोचमा छ। जसका लागि लिड अभिनेत्री आलिया पनि सरगमाथासँगै नेपालका विभिन्न स्थानमा पुग्ने छिन्।

सगरमाथा आराेहणका क्रममा अरुणिमा सिन्हा।

अरुणिमा भलिबल खेलाडी हुन्। सन् २०११ मा डाँकाहरूले उनलाई गुडिरहेको रेलमा धकेलेका थिए। जसले गर्दा उनले एउटा खुट्टा गुमाउनु परेको थियो।

तैपनि, उनले हार खाइनन्। र सन् २०१२ मा सगरमाथाको आरोहण गरिन्।

 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, जेठ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्