Kathmandu Press

नरेश र श्यामलाई चलचित्र पत्रकारिता सम्मान

काठमाडौं, जेठ २ : चलचित्र पत्रकार नरेश भट्टराई र श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ।

नेपाल चलचित्र पत्रक....

नरेश र श्यामलाई चलचित्र पत्रकारिता सम्मान

काठमाडौं, जेठ २ : चलचित्र पत्रकार नरेश भट्टराई र श्याम स्मृतलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गरिने भएको छ।

नेपाल चलचित्र पत्रकार संघको बुधवार बसेको केन्द्रीय कार्यसमिति बैठकले नरेश र श्यामलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

Hardik ivf

त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कार पत्रकार कुवेर गिरी र शारदा थापालाई प्रदान गरिने भएको छ। पुरस्कारको राशी २१ हजार रुपैयाँ रहेको छ। दुवैलाई ताम्रपत्र र ट्रफी पनि प्रदान गरिनेछ।

यसैगरी बैठकले विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यसमा ल्यापटप, ताम्रपत्र र ट्रफी रहेको छ।

संघले २०औं स्थापना दिवसको अवसरमा जेठ ७ गते सम्मान तथा पुरस्कार वितरण गर्ने जनाएको छ।

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, जेठ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्