Kathmandu Press

भारतीय लगानीकर्तालाई अर्थमन्त्रीले भने- लगानी गर्नुस्, सुरक्षा र प्रतिफलकाे ग्यारेन्टी हामी दिन्छाैं

काठमाडौं, जेठ २ : अर्थमन्त्री डा.युवराज खतिवडाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्। 

नेपाल–भारत फ्रेन्चाइज....

भारतीय लगानीकर्तालाई अर्थमन्त्रीले भने- लगानी गर्नुस्, सुरक्षा र प्रतिफलकाे ग्यारेन्टी हामी दिन्छाैं
काठमाडौं प्रेस

काठमाडौं, जेठ २ : अर्थमन्त्री डा.युवराज खतिवडाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्। 

नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट समिटको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले लगानीको सुरक्षाको जिम्मेवारी समेत लिने बताए। नेपालमा विगतदेखि नै फ्रेन्चाइजको विस्तार भइरहेको बताउँदै लगानी वृद्धि गर्न अर्थमन्त्री खतिवडाले आग्रह गरे।

नेपाल अहिले विदेशी लगानी र प्रविधि हस्तान्तरणको चरणमा रहेको बताउँदै कानूनहरु समेत बनाइरहेको बताए। ‘हामी विदेशी लगानी भित्र्याउने र आर्थिक समृद्धिको नारा सफल पार्न चाहान्छौँ,’ डा.खतिवडाले भने।

नेपाली बजारको दुईतिहाई भारती उत्पादनले ओगटेको बताउँदै खतिवडाले नेपालमा फ्रेन्चाइजमा लगानी गरे प्रतिफल समेत राम्रो हुने बताए। नेपालले भिजिट–२०२० मनाउन गइरहेको बताउँदै उनले पर्यटनमा लगानी गर्न समेत आग्रह गरे। ‘हामी १० वर्षमा वार्षिक ५० लाख पर्यटक भित्र्याउने अभियानमा रहेका छौँ, लगानी गर्नुहोस् , प्रतिफलको ग्यारेन्टी हुन्छ,’ खतिवडाले भने।

नेपाल सरकारले बौद्धिक सम्पति संरक्षणको हकसम्बन्धी कानून निर्माणको समेत अन्तिम चरणमा रहेकाले पनि लगानीकर्तालाई सहज हुने अर्थमन्त्री खतिवडाको भनाइ थियो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानीको उपयुक्त अवसर भएको बताइन्। अध्यक्ष राणाले सम्मेलनमा हुने बिटुबी छलफल समेत हुने भएकाले अझै प्रभावकारी हुने बताइन्। नेपालको पर्यटन, उद्योग, अस्पताल, होटललगायत क्षेत्रमा लगानीको उपयुक्त गन्तव्य भएकाले पनि भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न आग्रह गरिन्।

‘नेपालमा अहिले दुईतिहाइको बलियो र स्थिर सरकार छ, सरकारको एक मात्रै नारा आर्थिक समृद्धि हो,’ राणाले भनिन्। भारतीय ब्रान्ड नेपालमा स्थापित भएको बताउँदै नेपालमा फ्रेन्चाइज पार्टनरसिपको विकास गरेर नेपालमा प्रविधि भित्र्याउने आशा नेपाली लगानीकर्ता रहेको अध्यक्ष राणाको भनाइ थियो।

नेपालमा धेरै लगानी सम्बन्धी ऐन कानुनहरु निर्माण भएको बताउँदै ढुक्क भएर भारतीय चर्चित ब्रान्डको फ्रेन्चाइज विस्तार गर्न राणाले आग्रह गरिन्।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपालमा फ्रेन्चाइजमार्फत लगानी विस्तार गर्न सकिने बताए। दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन नेपालमा फ्रेन्चाइज विस्तार गर्न प्रतिबद्ध रहेको समेत राजदूत पुरीले बताए।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, जेठ २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्