भन्सार छलेर ल्याइएको गाडी र कपडा बरामद
टीकापुर– सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइएको सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान ६ लाख २५ हजार...
टीकापुर– सत्ती भन्सार कार्यालय कैलालीले भन्सार छलेर ल्याइएको सामग्री बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले आज बिहान ६ लाख २५ हजार ७० मूल्यबराबरको कपडा र सौन्दर्य प्रशाधनका सामान तथा ९ लाख मूल्य बराबरको पिकअप भ्यान बरामद गरेको हो ।
भन्सार कार्यालयले टीकापुर नगररपालिका–८ वनगाउँ नजिकैबाट लुकाइछिपाइ ल्याइँदै गरेको अवस्थामा से१प २१४८ नम्बरको महेन्द्रा बोलेरो पिकअप भ्यान, ११ गाँठ कपडा र सौन्दर्य प्रशाधनका सामान बरामद गर्नाका साथै दुई व्यक्तिलाई पक्राउ गरेको हो ।
भन्सार कार्यालयका प्रमुख विमल शाहले सामान बरामदपछि अनुसन्धान जारी रहेको बताए । ‘बरामद भएका सामान अनुसन्धानपछि लिलाम गरिनेछ,’ शाहले भने, ‘‘भन्सार छली ल्याउनेलाई बिगोबमोजिमको जरिवाना र सजायसमेत हुन सक्ने व्यवस्था छ ।’
प्रकाशित मिति: १६:०३ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(55)-1765012331.jpg)




-(86)-1764936079.jpg)


-1764760320.jpg)