Kathmandu Press

आत्मनिर्भर पालिका बनाउन थुलुङ दूधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य 

काठमाडौं– आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बको थुलुङ दूधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । उद्यमशीलता र स्वरोजगारका लागि व्यावसायिकतामार्फत आत्मनिर्भर...
आत्मनिर्भर पालिका बनाउन थुलुङ दूधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य 
Hardik ivf

काठमाडौं– आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बको थुलुङ दूधकोसी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । उद्यमशीलता र स्वरोजगारका लागि व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंकबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो । 

वैदेशिक रोजगारीबाट सीप, अनुभव र पुँजी  संकलन गरी स्वदेश फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बन्न सहयोग पुर्‍याउने र वित्तीय पहुँच एवं वित्तीय समावेशितामा अभिवृद्धि गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष असीम राईले बताए ।  गाउँपालिका अध्यक्ष राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फिनानसियल दिनेश अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, पुस २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्