Kathmandu Press

बगरमा २ करोडभन्दा बढीको  उखु उत्पादन

खाली बगरमा  उखुखेती गरी कञ्चनपुरका किसानले मनग्य आम्दानी गरेका छन् ।  किसानले प्रतिवर्ष २ करोड बढीको उखु बिक्री गर्दै आएका छन् । 
बगरमा २ करोडभन्दा बढीको  उखु उत्पादन

खाली बगरमा  उखुखेती गरी कञ्चनपुरका किसानले मनग्य आम्दानी गरेका छन् ।  किसानले प्रतिवर्ष २ करोड बढीको उखु बिक्री गर्दै आएका छन् । 

पछिल्लो समय उनीहरुले ट्रेन्च प्रविधि प्रयोग गरी उखु रोप्दै आएका छन् ।  यस प्रविधिबाट गरिएको खेतीमा सिँचाइमा पानीको बचत ६० प्रतिशतसम्म हुने गरेको छ । उखु बाँध्न सजिलो, हावाहुरीबाट कम ढल्ने, रोगकीरा कम लाग्ने, उत्पादन बढी हुने र चिनीको मात्रा अधिक हुने भएकाले मिलमा बेच्न लैजाँदा सहजै बिक्री हुने भएकाले किसानले शरदकालीन उखुखेतीलाई बढावा दिन थालेका हुन् ।

Hardik ivf

ट्रेन्च प्रविधिबाट गरिएको उखुखेतीमा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने गरेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत किसानले शरदकालीन उखुखेती गरेका हुन् ।  परियोजनाअन्तर्गत विपद् न्यूनीकरण र आर्थिक विकासका लागि मुख्य उपक्षेत्रका रुपमा उखुबाली छनोट गरी सरकारी निकाय, उखु किसान समिति, महाकाली चिनी मिल र एग्रोभेटसँग समन्वय र सहकार्य गरी उखुबालीको विकास र विस्तार गरिरहेको परियोजनाका अधिकृत महेश घिमिरेले बताए ।
     
नदीका बगरमा गत वर्ष ३८ दशमलव ७८ बिघामा उखुखेती गरिएकामा यस वर्ष उखुखेती हुने बगरको क्षेत्रफल विस्तार गरिएको छ । जसअनुसार किसानले यस वर्ष मात्रै ६८ दशमलव ६५ बिघा जग्गामा उखुखेती गरेका छन् । बगरमा शरदकालीन उखुखेती मात्रै १०७ दशमलव ४३ बिघामा गरिएको छ । जसको उत्पादन ३० हजार क्विन्टल बढी हुने गरेको छ । यस वर्ष उखुको उत्पादन बढेर ३५ हजार क्विन्टल पुगेको छ ।    

‘गत वर्ष कात्तिके उखु छ बढी फिट उचाइ भएपछि नदीको बगर संरक्षण भएको छ,’ लाझाडीका स्थानीय रामप्यारा चौधरीले भने, ‘पानीको तीव्र बहावलाई नियन्त्रण गर्न सघाउनुका  साथै जग्गा कटानीको कार्य रोकिएको छ ।’ यस वर्ष बगरमा खेती गर्दै आएका किसानले ३ करोड बढीको उखु बेच्ने लक्ष्य राखेका छन् ।     
     
चिनी मिलमा हालसम्म बगरमा उत्पादित २० हजार क्विन्टल उखु बिक्री भइसकेको छ । अझै धेरै उखु बिक्री गर्न बाँकी छ । बगरमा उखुखेती गर्ने किसानलाई रासायनिक मल, बीउ ढुवानीमा स्थानीय तहसँगको सहकार्यमा परियोजनाअन्तर्गत अनुदान रकमसमेत उपलब्ध गराइएको छ ।     
     
कृषि ज्ञान केन्द्र कञ्चनपुका अनुसार बगरसहितको जग्गामा गत वर्ष पाँच हजार ४०० हेक्टर क्षेत्रफलमा शरदकालीन उखु लगाइएको थियो । जसको उत्पादन ७५ हजार ६०० मेट्रिक टन रहेको छ । यसको मूल्य ३ करोड ७८ हजार रहेको छ । कञ्चनपुरमा ६०० बढी किसान उखुखेतीमा संलग्न छन् । कैलालीमा भने २३५ हेक्टर क्षेत्रफलमा उखुखेती गरिएकाे ५ । यसको उत्पादन १० हजार ५७५ मेट्रिक टन रहेको छ । 

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, पुस १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्