Kathmandu Press

राष्ट्रिय प्रसारण लाइनमा जोडियो दार्चुला

दार्चुला, जेठ १ : लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ।

नेपाल विद्युत् प्रा....

राष्ट्रिय प्रसारण लाइनमा जोडियो दार्चुला

दार्चुला, जेठ १ : लामो समयदेखि नेपालकै विद्युत् उपयोग गर्न पाउनु पर्ने माग राख्दै आएका दार्चुलावासीका लागि खुशीको खबर छ।

नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको सदरमुकाम खलङ्गामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन आजदेखि जोडेको छ। जसका कारण गुणस्तरीय विद्युत् प्रयोग गर्ने दार्चुलावासीको चाहनासमेत पूरा हुने भएको हो।

भारतबाट आयात गरिएको विद्युत्मा भोल्टेजको समस्या भोगेका दार्चुलावासीलाई प्राधिकरणले निर्माण गरेको बलाँच–खलङ्गा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी आजदेखि सञ्चालनमा ल्याएको हो।

यो प्रसारण लाइनको आज चार्ज गरिएको प्राधिकरणले जानकारी दिएको छ। आजदेखि दार्चुलाको खलङ्गा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुला सदरमुकाममा राष्ट्रिय प्रसारण प्रणाली पु¥याई आफ्नो उत्पादनबाटै विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताए।

‘अहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत् आयात गरी आपूर्ति गरिरहेका थियौँ, अब हाम्रै राष्ट्रिय प्रसारण प्रणाली पुगेपछि त्यस क्षेत्रमा आपूर्तिका लागि भारतबाट विद्युत् ल्याउनु पर्दैन,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘त्यस क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आपूर्ति गर्छौं जसबाट भोल्टेजमा सुधार भई उपभोक्ताले विश्वसनीय र गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने छन्।’

यो प्रसारण लाइनको निर्माणपछि आवश्यक परेका बेला खलङ्गाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ। प्राधिकरणले खलङ्गामा विद्युत् आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी बिन्दुबाट ११ केभी क्षमताको प्रसारण लाइनमार्फत् विद्युत् आयात गरिरहेको थियो।

प्राधिकरणले विद्युत् आयात गरेबापत उत्तराखण्ड पावर कर्पोरेशन लिमिटेडलाई मासिकरुपमा करीब रु २५ लाख भुक्तानी गर्दै आएको थियो। प्राधिकरणका अनुसार खलङ्गा र आसपासका क्षेत्रमा आठ हजार ग्राहक छन्।

प्रकाशित मिति: १४:४२ बजे, बुधबार, जेठ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्