सिड्नीमा नेपाली फेशन शो, विजेताले २ लाख रूपैयाँ पाउने
सिड्नी, वैशाख ३१ : नेपाली फेशनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अष्ट्रेलियाको सिड्नीमा फेशन शो प्रतियोगिता हुने भएको छ। आगामी जुन २ मा सिड्नीस्थ....

सिड्नी, वैशाख ३१ : नेपाली फेशनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अष्ट्रेलियाको सिड्नीमा फेशन शो प्रतियोगिता हुने भएको छ। आगामी जुन २ मा सिड्नीस्थित होटल सोफिटेलमा हुने प्रतियोगितामा २० जना महिला र १० जना पुरुषबीच प्रतिस्पर्धा हुने आयोजक डिजिटल जेनेरेशनका निर्देशक दीपक ज्ञवालीले जानकारी दिए।
प्रतिस्पर्धीबाट उत्कृष्ट महिला तथा पुरुष प्रतियोगीले जनही दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्। ग्ल्याम नेपाल इन्टरनेशनल टाइटल दिइएको प्रतियोगितामा पिपल्स च्वाइस अवार्ड विधा समेत रहेको छ। ती उपाधि हात पार्नेले विभिन्न फेशन शोमा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन्। यस्तै, विजेता महिलाले फिलिपिन्समा यही वर्ष हुने फेस अफ ब्यूटी इन्टरनेशनलमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।
नेपालको फेशनलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन फेसन शोको आयोजना गरिएको ग्ल्याम नेपाल इन्टरनेशनलका सद्भावना दूत सुनोद श्रेष्ठले बताए। ‘फेशनमा महिला र पुरुष दुबैलाई समान अवसर प्रदान गर्दै नेपाली फेशनलाई अन्तर्राष्ट्रिय मञ्चमा समेत चिनाउने प्रयास हामीले जारी राखेका हौँ,’श्रेष्ठले भने।
प्रतियोगितामा निर्णायकको भूमिकामा मनिष राई, मुक्ला श्रेष्ठ, युवी थापा, सविता कार्की र नीति शाह रहने छन्।












