Kathmandu Press

स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

विराटनगर, पुस १४ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि स्कारपियो मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले पूर्वतर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र मोटरसाइकलमा सवार २२ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो।

 

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, पुस १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्