सलमान खानलाई ‘मेकअप’मै लाग्छ यति धेरै समय
काठमाडौं, वैशाख ३१ : बलिउड अभिनेता सलमान खान ५३ वर्षका भए। तर, अझै पनि जवान नव नायकभन्दा कम छैन।
यो उनको पछिल्लो फिल्म ‘भारत’ले ....

काठमाडौं, वैशाख ३१ : बलिउड अभिनेता सलमान खान ५३ वर्षका भए। तर, अझै पनि जवान नव नायकभन्दा कम छैन।
यो उनको पछिल्लो फिल्म ‘भारत’ले देखाएको छ। यो फिल्मको सुटिङको दौरान उनले ‘मेकअप’मा लगाएको समयले पनि अहिले चर्चा पाएको छ।
फिल्म ‘भारत’मा उनी आफनो उमेरभन्दा पाको पुरुषको भूमिकामा छन्। त्यो भूमिकामा फिट हुने अनुहार बनाउन सलमानलाई साढे दुई घण्टा लागेको थियो।
फिल्म निर्देशक अलि अब्बासका अनुसार, सुटिङे अघि साढे दुई घण्टा सलमानको मेकअपमै लागेको थियो।
‘सलमानलाई त्यस लुकमा देखाउन २० अलगअलग दाह्री र जुंगामा ट्राइ गर्नु परेको थियो,’ अब्बासले भने।
यो फिल्म आउँदो इदमा रिलिज हुँदैछ। सलमानसँगै यो फिल्ममा तब्बू, जैंकी श्राफ, दिशा पटानी, नोरा फतेही र सुनील ग्रोवरलगायतका कलाकर छन्।












