Kathmandu Press

भारततिर लैजाँदै गरिएका मूर्ति बरामद

झापा, पुस १२ : नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ। तस्करले लुकीछिपी...
भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
Hardik ivf

झापा, पुस १२ : नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ। 

तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो। 

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्तिका अनुहार कागजले छोपेर प्लाष्टिकमा लाहाको प्रयोग गरी पोको पारेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताए। बरामद गरिएका सबै सामग्री आजै भन्सार कार्यालय बुझाइने छ। उनका अनुसार बरामद भएका मूर्ति पुरातात्विक महत्वका नभए पनि लुकिछिपी अवैध रुपमा भारततर्फ लैजान लागेको हुँदा नियन्त्रणमा लिइएको हो। 

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, पुस १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्