Kathmandu Press

आमाको दाहसंस्कार गर्दैगर्दा नदीमा बगेर छोराको मृत्यु

दाङ, वैशाख ३० : दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ।

कमलपित्त रोगका कारण मृत्यु भएकी....

आमाको दाहसंस्कार गर्दैगर्दा नदीमा बगेर छोराको मृत्यु
सांकेतिक

दाङ, वैशाख ३० : दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ।

कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको सोमबार नदीमा बगेर मृत्यु भएको हो।

Hardik ivf

राप्ती नदीमा दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उनको अपरान्ह ३ बजेतिर ५० मिटर तल शव फेला परेको थियो।

घर्तीको शव परीक्षणका लागि लमही अस्पताल पठाइएको छ।  रासस

प्रकाशित मिति: १९:०८ बजे, सोमबार, वैशाख ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्