Kathmandu Press

शेयर बजार ६ अंकले बढ्यो

काठमाडाैं, वैशाख ३० : शेयर बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक ६.३० विन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मा....

शेयर बजार ६ अंकले बढ्यो

काठमाडाैं, वैशाख ३० : शेयर बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक ६.३० विन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ विन्दुले बढेर २७८.२४ कायम भएको छ। 
    
कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर  ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए। स्टकका अनुसार कारोबार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ। बैंकिङ ०.८२, होटल २०.६४, विकास बैंक ११.९४, जलविद्युत् ३५.४६, उत्पादन ५९.८१, अन्य १४.७३ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढेको छ। यस्तै व्यापार ५.४९, वित्त ०.४३, निजी वन बीमा २५.६५, लघुवित्त १.४६ र जीवन बीमा १३.०६ विन्दुले घटेको छ। 
    
कारोबारका आधारमा सोमबार शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको प्रतिकित्ता ४९७ रूपैयाँ मूल्यमा ११ करोड ४६ लाख एक हजार ६४५ बराबरको कारोबार भयो। यस्तै प्राइम बैंकको प्रतिकित्ता ३७२ रूपैयाँमा ६ करोड २४ लाख ३० हजार ८७०, प्रिमियर इन्स्योरेन्स कम्पनीको तीन करोड ७८ लाख ४४ हजार ४५, नेपाल बैंक लिमिटेड तीन करोड ७५ लाख ८१७, सिभिल बैंक दुई करोड ९२ लाख ७९ हजार ४९७ मूल्यमा कारोबार भई शीष स्थानमा रहे। 
    
लगातार उकालो लाग्दै आएको शिवम् सिमेन्टको शेयर आज पनि ४५ रूपैयाँले वृद्धि भई प्रतिकित्ता ४९७  रूपैयाँमा पुगेको छ। सो कम्पनीको शेयरधनीले ९.९६ प्रतिशत कमाए। यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९.५९, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ७.७९, कर्पोरेट डेभलपमेन्ट बैंक ७.६९, कन्काइ लघुवित्त वित्तीय संस्था ७.३२, भागर्व विकास बैंकका शेयरधनीले  ६.९८ प्रतिशतले कमाए। 

त्यस्तै हिमालयन डिस्टिलरीका शेयरधनीले ६.०७ प्रतिशतले गुमाए। युनाइटेड मोदी हाइड्रोपावर ५.६९, जोशी हाइड्रोपावर ४.७६, विशाल बजार कम्पनी ३.८८, सगरमाथा इन्स्योरेन्स ३.६०, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ३.१२ प्रतिशतले गुमाए। रासस

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, वैशाख ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्