हेटौँडा–नारायणगढ सडकखण्डमा जीप दुर्घटना, नौ घाइते
मकवानपुर, पुस १० : हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरमा जीप दुर्घटना भएको छ। ग १ ज ७२८९...मकवानपुर, पुस १० : हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरमा जीप दुर्घटना भएको छ। ग १ ज ७२८९ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।
घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये दुई जना सामान्य र सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिए। प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १८:४७ बजे, शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१